माउन्टेन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

2020-10-15
माउन्टेन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडद्वारा उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको आईपिओमा आवेदन दिने आज(असोज २९ गते) अन्तिम दिन रहेको छ। 
उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि यो आईपीओमा छिटोमा १४ गते र ढिलामा असोज २९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। आईपीओमा आवेदन नपरेकाका कारण समयसिमा बढाएर असोज २९ गतेसम्म लम्ब्याइएको थियो। 

कम्पनीले गत असार २५ गते नेपाल धितोपत्र बोर्डबाट १०० रुपैयाँअंकित दरका ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। 

त्यसमध्ये पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १९ लाख ६८ हजार २७ कित्ता ९जारी पुँजीको १० प्रतिशत० आईपीओ बिक्री गर्न लागिएको हो। 
दोस्रो चरण सर्वसाधारणका लागि सोहीबराबर अर्थात १९ लाख ६८ हजार २७ कित्ता आईपीओ निष्कासन गरिने कम्पनीले जनाएको छ। 

स्थानीयका लागि खुलाइने आईपीओमा नुवाकोट र म्याग्दी जिल्लाका अतिप्रभावितलाई ४० प्रतिशत र प्रभावित ६० प्रतिशत छुट्टाइएको छ। दुवै वर्गका प्रभावितहरुले १० कित्तादेखि २० हजार कित्तासम्म खरिद आवेदन दिन सक्ने छन्। 

नुवाकोट जिल्लामा अतिप्रभावित क्षेत्र पञ्चकन्या गापा वडा नं। ४ ९साविकको थप्रेक गाविस० र तादी गापा वडा नं। २, ३ र ४ ९साबिक रालुकोदेवी र सुन्दरादेवी गाविस० तथा प्रभावित क्षेत्रमा तादी गापा, पञ्चकन्या गापा, लिखु गापा छन्। 

त्यस्तै म्याग्दीका अतिप्रभावित क्षेत्रमा अन्नपूर्ण गापा वडा नं। ४ ९साविकको नारच्याङ गाविस० र प्रभावित क्षेत्रमा अन्नपूर्ण गापा म्याग्दी छन्। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। 

यसअघि कम्पनीले गत साउन ८ गतेबाट उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासनको तयारी गरेको थियो। तर त्यही बेला देशका अधिकांश स्थानहरुमा बाढीपहिरो कारण भयावह अवस्था सिर्जना भएकोले प्रभावित क्षेत्रमा गएर सेवा प्रदान गर्न नसकिने भएकोले आईपीओ निष्कासन प्रक्रिया अर्को सूचना प्रकाशित नभएसम्मका लागि कम्पनीले स्थगित गरेको थियो।


Share this with your friends: