मिड सोलु हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान,आईपीओ निष्कासन मुख्य अजेन्डा

2022-05-22
मिड सोलु हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान,आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २३ गते सोमबारका दिन विशेष साधारण सभा डाकेको हो । उक्त सभा काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे आयोजना हुनेछ । 

उक्त सभामा कम्पनीको हाल कायम पूँजी संरचना(अधिकृत पूँजी,जारी पूँजी तथा चुक्ता पूँजी)संशोधन गर्ने र सो को लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनुका साथै पूँजीवृद्धि पछि सोहि बमोजिम कम्पनीको आईपीओ निष्कासन गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।    


Share this with your friends: