मेगा बैंकको अवितरित हकप्रद सेयरको लिलामी आजबाट, कति कित्ता सम्म दिन सकिन्छ आवेदन ?

2020-09-27
मेगा बैंकको अवितरित हकप्रद सेयरको लिलामी आजबाट, कति कित्ता सम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको अवितरित हकप्रद सेयर आज आइतबारबाट लिलामीमा राखिएको छ। बैंकको १८ लाख ४० हजार कित्ता अवितरित सेयर आजबाट लिलामी प्रक्रियाबाट बिक्री खुलाइएको हो। 

बैंकले २०७४ भदौ २७ गतेदेखि २०७४ कात्तिक १४ गतेसम्म बिक्री खुलाइएकोमा आवेदन नपरेको कुल १८ लाख ४० हजार ७३९।६३ कित्ता हकप्रद लिलामीमा राखेको हो।

लिलामीमा राखिएको हकप्रद सेयर संख्यामा संस्थापक समूहतर्फ ११ लाख ३३ हजार ३४४.७० कित्ता र सर्वसाधारण समूहतर्फ ७ लाख ७ हजार ३९४.९३ कित्ता रहेका छन्। 

योग्य व्यक्ति, कम्पनी, संघसंस्था आदिले लिलामीमा राखिएको सेयर खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिसेयर १०० रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलबकोल गर्नुपर्नेछ। 

सेयर बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। लगानीकर्ताहरुले मेगा क्यापिटल मार्केट्सको काठमाण्डौ त्रिपुरेश्वरस्थित साकेत कम्पलेक्स वा मेगा बैंकका शाखा कार्यालयहरु काठमाण्डौ उपत्यकामा रहेका कमलादी, नयाँबानेश्वर चोक, ठमेल, न्युरोड ९पिपलबोट०, ज्ञानेश्वर, चाबहिल, बौद्ध, कलंकी, गोंगबु, महाराजगन्ज चक्रपथ, मैतीदेवी, जावलाखेल, पुरानो थिमी र सूर्यविनायक तथा उपत्यकाबाहिर धनगढी, वीरेन्द्रनगर, नेपालगन्ज, तुलसीपुर, भैरहवा, बुटवल, अर्घाखाँची, तम्घास, तानसेन, नारायणगढ, पोखरा सभागृहचोक, पोखरा चिप्लेढुंगा, हेटौँडा, वीरगन्ज, सिन्धुली, जनकपुर, धरान, विराटनगर र बिर्तामोडमा बोलपत्र पेस गर्न सक्नेछन्। 

लगानीकर्ताले न्यूनतम १०० कित्ता वा अधिकतम १ लाख कित्तासम्म खरिदका लागि बोलपत्र पेस गर्न सक्ने मेगा क्यापिटलले जनाएको छ। असोज १८ गते बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ। 


Share this with your friends: