यी दुई कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

2022-05-25
यी दुई कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले यी दुवै कम्पनीलाई जेठ १० गते आईपीओ निष्कासनको अनुमति दिएको हो । 

राप्ति हाइड्रोले आम सर्वसाधारणा रु.१०० अंकित दरका २९ लाख ४१ हजार ४१० कित्ता र आदर्श लघुवित्तले ६७ हजार कित्ता आईपीओ निष्कासनको अनुमति पाएका हुन् । 

राप्ति हाइड्राले आयोजना प्रभावित क्षेत्रका स्थानिय र आम सर्वसाधारण का लागि गरी दुई चरणमा आईपीओ निष्कासन गर्नेछ । 

राप्ति हाइड्रोको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यािपटल रहेको छ भने आदर्श लघुवित्तको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा बिओके क्यापिटल मार्केट रहेको छ ।    


Share this with your friends: