युनाइटेड इदी–मर्दीको स्थगित आईपीओमा आजबाट आवेदन खुला

2020-09-23
युनाइटेड इदी–मर्दीको स्थगित आईपीओमा आजबाट आवेदन खुला

काठमाण्डौ । युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर कम्पनी लिमिटेडको स्थगित आईपीओ निष्कासन तथा बिक्री आज असोज ७ गतेबाट पुनः खुला गरिएको छ। 

यसअघि कम्पनीले कोरोना महामारीका कारण उत्पन्न प्रतिकुुल परिस्थितका कारण अर्काे सूचना जारी नभएसम्मका लागि आईपीओ निष्कासन स्थगित गरेको जनाएको थियो। 

कम्पनीले गत २०७६ चैत १० गते आयोजना प्रभावितका लागि आईपीओ जारी गर्ने जनाएको थियो। आईपीओमा आईपीओ निष्कासन छिटोमा चैत २४ गते र ढिलामा २०७७ वैशाख ९ गते बन्द हुने भएको थियो। तर प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रका नाममा सम्बोधन गरी कोरोनाभाइरसको सम्भावित संक्रमण रोक्न मुलुकभर अत्यावश्यक सेवाबाहेकका सबै सेवा सञ्चालनमा रोक लगाउने घोषणा भएकोले हाललाई आईपीओ निष्कासन स्थागित गर्नुपरेको कम्पनीले स्पष्ट पारेको थियो। 

कम्पनीले पहिलो चरणमा कास्की जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १०० अंकित ४ लाख २० हजार कित्ता आईपीओ निष्कासन गरेको छ । स्थानीयका लागि निकाल्न लागिएको यो आईपीओको निष्कासन छिटोमा असोज २१ गते र ढिलोमा कात्तिक ६ गते बन्द हुनेछ। 
स्थानीयले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। 

दोस्रो चरणमा ६ लाख ३० हजार कित्ता सेयरबराबरको आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्ने कम्पनीको योजना छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल तोकिएको छ।

 


Share this with your friends: