युनाइटेड इदी–मर्दीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

2020-10-22
युनाइटेड इदी–मर्दीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। 

कम्पनीले गत असोज ७ गतेबाट स्थानीयका लागि आईपीओ निष्कासन गरेको थियो। आईपीओ निष्कासन छिटोमा असोज २१ गते बन्द हुने जनाइएको थियो। तर मागअनुसार आवेदन नपरेपछि कम्पनीले आईपीओमा आवेदन दिने समय कात्तिक ६ गतेसम्म लम्बाएको थियो। 

कम्पनीले पहिलो चरणमा कास्की जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १०० अंकित ४ लाख २० हजार कित्ता आईपीओ निष्कासन गरेको छ । स्थानीयले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। 

दोस्रो चरणमा ६ लाख ३० हजार कित्ता सेयरबराबरको आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्ने कम्पनीको योजना छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल तोकिएको छ।

 


Share this with your friends: