युनिलिभर नेपालद्वारा नगद लाभांस प्रस्ताव, प्रति कित्ता कति ?

2020-09-27
युनिलिभर नेपालद्वारा नगद लाभांस प्रस्ताव, प्रति कित्ता कति ?

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना सेयरधनीहरुलाई नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ। 
कम्पनीको गत शुक्रबार बसेको सन्चालक समितिको बैठकले नगद लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिसेयर १०० रुपैयाँका दरले नगद लाभांश वितरणको प्रस्ताव गरेको छ।

कम्पनीले प्रस्ताव गरेको नगद लाभांस अघिल्लो वर्ष वितरण गरिएको ७७० रुपैयाँ नगद लाभांसको तुलनामा धेरै नै कम हो। 

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ। साधारणसभाबाट पारित भएको ४५ कार्य दिनभित्र सेयरधनीहरुलाई नगद लाभांश वितरण गरिने पनि कम्पनीले स्पष्ट पारेको छ।

लाभांश वितरणका लागि कम्पनीले आउँदो कात्तिक २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब कात्तिक २६ गतेभित्र कायम सेयरधनीहरु यो कम्पनीबाट प्रस्तावित लाभांश प्राप्तिका लागि योग्य हुनेछन्।

 


Share this with your friends: