काठमाण्डौ । राष्ट्रिय बिमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा २२ करोड ४५ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.६० प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन ३४ करोड ८७ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत २२ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोही अवधिको तुलनामा १२.१५ प्रतिशतले कम हो। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ३४ करोड ८७ लाख रुपैयाँमा सीमित थियो।
त्यस्तै समीक्षा अवधिमा कम्पनीले ६ करोड ६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ७ करोड १० लाख रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले १४.६३ प्रतिशत कम खुद दाबी भुक्तानी गरेको छ।
यो अवधिमा कम्पनीको खुद मुनाफा घटेको छ। चौथो त्रैमासको अन्त्यसम्म कम्पनी ६३ करोड ८५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा १८.२७ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले ७८ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीकोे व्यवस्थापन खर्च ६.३१ प्रतिशतले बढेको छ। कम्पनीको व्यवस्थापन खर्च १९ करोड १३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको व्यवस्थापन खर्च १८ करोड रुपैयाँ थियो।
त्यस्तै समीक्षा अवधिमा कम्पनीको बिमा कोषको आकार बढेर २ अर्ब २५ करोड रुपैयाँ भएको छ। यो आकार अघिल्लो वर्ष १ अर्ब ७४ करोड
रुपैयाँको थियोे।
अघिल्लो आर्थिक वर्ष १५ हजार ६७५ वटा बीमालेख जारी गरेको कम्पनीले समीक्षा अवधिको वर्षमा १५ हजार ९३० वटा बीमालेख जारी गर्न सकेको देखिन्छ।
यस्तै कम्पनीको प्रति सेयर आम्दानी २३९.४९ रुपैयाँ, प्रति सेयर नेटवर्थ १२१३.२५ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य २०५७.०९ रुपैयाँ र तरलता अनुपात ३.८५ रहेको छ।