काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँड कार्यक्रम सम्पन्न भएको छ। कम्पनीको धितोपत्र बिक्रि तथा प्रबन्धकका रुपमा रहेको सानिमा क्यापिटलले १० मिनेट लामो फेसबुक लाइभ गर्दे बाँडफाँड सम्पन्न भएको जनाएको हो। उक्त क्रममा ९ वटा बल बाल्टिनमा राखेर एउटा २ नम्बर लेखेको बल बाहिर निकालिएको थियो।
सानिमा क्यापिटलले आइपीओ बाँडफाँडको नतिजा चार घण्टापछि मेरो सेयरमार्फत सार्वजनिक गर्ने जानकारी दिएको छ।