लगानीको अवसरः सिद्धार्थ बैंकले असोज १६ गतेबाट ऋणपत्र निष्कासन गर्ने

2020-09-24
लगानीको अवसरः सिद्धार्थ बैंकले असोज १६ गतेबाट ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले यहि असोज १६ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको हो। 

बैंकले “८.५० प्रतिशत एसबीएल डिबेन्चर २०८४” नामक १ हजार रुपैयाँ अंकित दरका ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्न लागेको हो। 

ऋणपत्रका कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ। सर्वसाधारणका लागि निष्कासन गरिने कुल इकाइमध्ये ५ प्रतिशत अर्थात ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ११ लाख ४० हजार इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइका लागि दरखास्त दिन सक्नेछन्। अधिकतममा सम्पूर्ण इकाइका लागि खरिद आवेदन दिन सकिनेछ। 
ऋणपत्र निष्कान बन्द छिटोमा असोज २० गते र ढिलोमा असोज ३० गते ९बैंकिङ समयपछि० हुनेछ। 

ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

सातवर्षे यो ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितीय अर्धवार्षिक समाप्त भएपश्चात ब्याज भुक्तानी गर्नेछ।

 


Share this with your friends: