लिवर्टी इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

2020-08-23
लिवर्टी इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ। लिवर्टी इनर्जी कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम अवसर रहेको छ। कम्पनीले गत भदौ ३ गतेदेखि ३५ करोड ६४ लाख रुपैयाँ बढीको आईपीओ बिक्रि खुल्ला गरेको थियो। 

कम्पनीले जारी पुँजीको २५ प्रतिशतले हुन आउने रु। ३७ करोड ५० लाख रुपैयाँबराबरको रु। १०० अंकित ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाका लागि निष्कासन गरिएकोमेध्ये बाँकी रहन गएको १३ लाख १४ हजार ९३० कित्तासमेत गरी ३५ लाख ६४ हजार ९३० कित्ता ९सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको कित्तासमेत० सेयर सर्वसाधारणमा निष्कासन गरेको हो।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धकका रुपमा एनआईबीएल एस क्यापिटल लिमिेटेड रहेको छ। एनआईबीएल एस क्यापिटलका अनुसार शनिबारसम्म १ लाख ५० हजारभन्दा बढीले ५१ करोड रुपैयाँभन्दा बढीको सेयर खरिद आवेदन माग गरेका छन्।   

यसअघि कम्पनीले आयोजना प्रभावितका लागि साउन ७ गतेदेखि साउन २१ गतेसम्म रु। १५ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। 
कम्पनीको हाल अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब १२ करोड ५० लाख रहेकोमा अधिकृत पुँजीको २५५ का दरले ३७ करोड पचास लाख बराबरको ३७,५०,००० कित्ता शेयर आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणहरुमा जारी गरी बाँडफाँड गरेपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ हुनेछ। 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। 


Share this with your friends: