लिवर्टी इनर्जीको सेयर कारोबार आइतबारबाट, ओपनिङ रेन्ज कति ?

2020-09-18
लिवर्टी इनर्जीको सेयर कारोबार आइतबारबाट, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडको सेयर कारोबारको थालनी आगामी आइतबारबाट हुने भएको छ । 

नेपाल स्टक एक्सेन्ज लिमिटेड(नेप्से) र लिबर्टी इनर्जीबीच आज शुक्रबार सूचिकरण सम्झौता भएसँगै कम्पनीको सेयर कारोबार धितोपत्र दोस्रो बजारमा आइतबारबाट हुने भएको हो । 

नेप्सेले लिबर्टीलाई एलईसी कोड प्रदान गरेको छ भने पहिलो कारोबारका निम्ति रु. १००    देखि रु.३००  सम्म मूल्य रेन्ज प्रदान गरेको छ ।

अब आगामी आइतबार स्पेशल प्रिओपन सेसन९बिहान१०ः३० देखि १०ः४५ ० मा लिबर्टीको पहिलो कारोबार नेप्सेले तोकेको रेन्जमा भएको खण्डमा नियमित समय(११ देखि ३ बजे) मा कारोबार हुनेछ ।

 


Share this with your friends: