लिवर्टी इनर्जीको सेयर कारोबार आजबाट हुने

2020-09-20
लिवर्टी इनर्जीको सेयर कारोबार आजबाट हुने

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा लिवर्टी इनर्जी कम्पनी लिमिटेडको सेयर कारोबार आज (आइतबार)बाट हुने भएको छ । 

नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) र लिवर्टी इनर्जीबीच गत शुक्रबार सूचिकरण सम्झौता भएको थियो । सम्झौता भएसँगै नेप्सेमा आजबाट कम्पनीको सेयर कारोबार हुन गईरहेको हो । 

नेप्सेले लिबर्टीलाई एलईसी कोड प्रदान गरेको छ भने पहिलो कारोबारका निम्ति रु. १०० देखि रु. ३००  सम्म मूल्य रेन्ज प्रदान गरेको छ।
आज आइतबार स्पेसल प्रिओपन सेसन(बिहान १०ः३० देखि १०ः४५) मा लिबर्टीको पहिलो कारोबार नेप्सेले तोकेको रेन्जमा भएको खण्डमा नियमित समय (११ देखि ३ बजे) मा कारोबार हुनेछ।

कम्पनीले गत भदौ ३ गतेदेखि भदौ १७ गतेसम्म सर्वसाधारणका लागि र साउन ७ गतेदेखि साउन २१ गतेसम्म आयोजना प्रभावितका लागि आईपीओ निष्कासन गरेको थियो।


Share this with your friends: