लुम्बिनी जनरल इन्स्योरेन्सको ‘कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम’ सम्पन्न

2022-01-14
लुम्बिनी जनरल इन्स्योरेन्सको ‘कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम’ सम्पन्न

काठमाण्डौ। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संखुवासभाको खाँदबारीमा तीनदिने ‘कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम’ सम्पन्न गरेको छ।

तालिममा २६ जना प्रशिक्षार्थीको सहभागिता थियो। बीमा समितिका उपनिर्देशक निर्मल अधिकारी र कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेनाले सहभागीहरुलाई तालिम प्रदान गरेका थिए। 

तालिममा जिल्ला समन्वय समितिका संयोजक सुमन शाक्य, जिल्ला पशु सेवा कार्यालयका प्रमुख हिमालय पोखरेललगायत कम्पनीका कर्मचारीहरुको समेत उपस्थिति थियो। 


Share this with your friends: