लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

2022-02-10
लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरण गरेका हो। 

बैठकले गत आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट ९.५२३८१ प्रतिशत बोनस सेयर र ०.४७६१९ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित कुल लाभांसमा ९.५२३८१ प्रतिशतले हुन आउने ११ करोड ४१ लाख ८० हजार रुपैयाँ बराबरको बोनस सेयर र  ०.४७६१९ प्रतिशतले हुन आउने ५७ लाख ९ रुपैयाँ गरी कुल ११ करोड ९८ लाख ८९ हजार रुपैयाँ लाभांस रहेको छ। 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ। 


Share this with your friends: