लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा संस्थापक सेयर बिक्रीमा

2022-02-27
लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आज(फागुन १५ गते)देखि १ लाख २२ हजार २८९ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । 

कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ निर्धारण गरेको छ । यो सेयर खरिदका लागि हाल कायम रहेका कम्पनीका संस्थापक सेयरधनीहरु तथा बीमा समितिको निर्देशन तथा प्रचलित कानुन बमोजिम संस्थापक बाहेकका अन्य व्यक्ति÷संगठित संस्थाहरुले निवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ ।   


Share this with your friends: