काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज.(माघ २० गत)अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि भोलि माघ २१ गते बुक क्लोज मिति तोकेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।
कम्पनीले १०ः३ अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट गत माघ ६ गते हकप्रद सेयर निष्कासनको अनुमति पाएको थियो ।