शिखर इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँड

2022-04-20
शिखर इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँड

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको हकप्रद सेयर वैशाख ५ गते बाँडफाँड गरिएको हो । 

कम्पनीले गत चैत १ गतेदेखि २१ गतेसम्म प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर  निष्कासन गरेको थियो ।
कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका २७ हजार ७१० आवेदकहरुलाई ५१ लाख ९७ हजार ८५१.१२ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो ।

आफ्नो हकभन्दा बढी हकप्रद सेयरका लागि आवेदन गरी बाँडफाँडमा नपरेका सेयरधनीहरुको सेयरबापतको रकम आवेदन फारममा उल्लेख गरेको बैंक खातामा आईपीएसमार्फत सिधै रकमान्तर गरिने कम्पनीले जनाएको छ ।


Share this with your friends: