शिखर इन्स्योरेन्सले वैशाख १९ गतेदेखि अवितरित हकप्रद सेयर लिलामीमा राख्ने

2022-04-24
शिखर इन्स्योरेन्सले वैशाख १९ गतेदेखि अवितरित हकप्रद सेयर लिलामीमा राख्ने

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारण समूहतर्फको अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले गत चैत १ गतेदेखि २१ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएकोमा आवेदन नपरेको सर्वसाधारण समूहतर्फ ७७ हजार ७२०.८८ कित्ता सेयर आगामी वैशाख १९ गतेदेखि लिलामीमा राख्न लागेको हो । 

यो सेयर खरिदका लागि इच्छुक योग्य जो कोहि व्यक्ति,कम्पनी वा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् । 

इच्छुक आवेदकहरुर्ले नआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट र शाखा कार्यालयहरु पुतलीसडक,लगनखेल पोखरा,विरगञ्ज विराटनगर र नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालयहरु नारायणगढ,हेटौडा,बिर्तामोड,जनकपुर,तुल्सीपुर,दाङ,सुर्खेत,नेपालगञ्ज र धनगढीमा बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । 

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सक्नेछन् ।   


Share this with your friends: