शिखर इन्स्योरेन्सको ३०% हकप्रद सेयर नेप्सेमा सूचीकृत

2022-06-10
शिखर इन्स्योरेन्सको ३०% हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा शिखर इन्स्योरेन्स कम्पनीको ३० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर सूचीकृत भएको हो । 

कम्पनीले गत चैत १ गतेदेखि २१ गतेसम्म विद्यमान चुक्तापूँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँको १ः०.३ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।  


Share this with your friends: