शिवम् सिमेन्ट्सद्वारा नगद लाभांस घोषणा

2020-10-15
शिवम् सिमेन्ट्सद्वारा नगद लाभांस घोषणा

काठमाण्डौ । शिवम् सिमेन्ट्सले गत आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना सेयरधनीहरुलाई लाभांस घोषणा गरेको छ।  

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट करसहित २४.२१ प्रतिशत नगद लाभांस प्रदान गर्ने घोषणा गरेको हो। बैठकले सेयरधनीहरुलाई नगद लाभांशका रुपमा प्रतिसेयर २४.२१ प्रतिशतका दरले हुन आउने कुल १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ वितरण गर्ने निर्णय गरेको छ। 

प्रस्तावित नगद लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ। 

 


Share this with your friends: