शिवम् सिमेन्ट्सको बुक क्लोज मिति तय

2020-10-21
शिवम् सिमेन्ट्सको बुक क्लोज मिति तय

काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडले आथिर्क वर्ष २०७६/७७ का लागि प्रस्तावित लाभांस प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ। 

कम्पनीले यही कात्तिक १३ गते एक दिनका लागि बुक क्लोज(सेयरधनी दर्ता किताब बन्द) गर्ने निर्णय गरेको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रतिसेयर २४.२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीको यही कात्तिक २४ गते हुने पाँचौँ वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुका लागि जारी गरिने कम्पनीले जनाएको छ। 

 


Share this with your friends: