श्वेत–गंगा हाइड्रोपावरले जेठ २३ गतेदेखि आईपीओ निष्कासन गर्ने

2022-05-29
श्वेत–गंगा हाइड्रोपावरले जेठ २३ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले  आगामी जेठ २३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गापा वडा नं. २, ३ र ४ तथा ओखलढुंगाको लिखु गापा वडा नं. ४, ५, ६, ७, ८ र ९ वडालाई जम्मा निष्कासन गरिने सेयरको ७० प्रतिशत अर्थात ११ लाख १५ हजार १०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । 

यसैगरी आयोजना प्रसारण लाइन पर्ने रामेछापको लिखु तामाकोशी गापा वडा नं. ५, ६ र ७ र मन्थली नपा वडा नं. ११, १२ र १३ तथा रामेछाप नपा वडा नं. १ र ३ जम्मा निष्कासन गरिने सेयरको २५ प्रतिशत अर्था ३ लाख ९८ हजार २५० कित्ता र रामेछाप जिल्लाको लिखु तामाकोशी गापा वडा नं. १ र ओखलढुंगाको लिखु गापा वडा नं. १, २ र ३ लाईप्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानिय बासिन्दाका लागि प्रति सेयर रु।१०० अंकित दरका ५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन बन्द छिटोमा आगामी असार ६ गते र ढिलोमा असार २१ गते बैंकिङ समयपछि हुनेछ । 

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।   
 
कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट गत जेठ ११ गते रु.१०० अंकित दरका ३९ लाख ८२ हजार ५ सय कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो । 


Share this with your friends: