सगरमाथा इन्स्योरेन्सद्वारा लाभांस घोषणा

2022-02-25
सगरमाथा इन्स्योरेन्सद्वारा लाभांस घोषणा

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७७र७६८ को मुनाफाबाट कम्पनीको हाल कायम रहेका चुक्तापूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६३  प्रतिशत नगद लाभांस गरी कुल २१.०५२६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: