सगरमाथा इन्स्योरेन्सद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत

2022-04-19
सगरमाथा इन्स्योरेन्सद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत भएको छ । बीमा समितिले कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित २० प्रतिशत बोनस सेयर र १.०५२६३ प्रतिशत नगद लाभांस गरी कुल २१.०५२६३ प्रतिशत लाभांस स्वीकृत गरेको हो । 

बीमा समितिबाट लाभांस स्वीकृत भएपछि कम्पनीको वैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख २८ गते कम्पनीको २५ औँ वार्षिक साधारण सभा आयोजना गर्ने र उक्त सभामा लाभांस अनुमोदनका लागि सिफारिस गर्ने गरेको कम्पनीले जनाएको छ । 

कम्पनीको गत फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांस वितरणको प्रस्ताव गरेको थियो ।   


Share this with your friends: