सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै अरुण भ्यालि, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

2020-09-23
सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै अरुण भ्यालि, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हकप्रद सेयर निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ। 

कम्पनीको १९ औँ वार्षिक साधारणसभाबाट १ बराबर १ अनुपातको कुल ९९ करोड ८३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न अनुमोदन भएको थियो। सोहि अनुरुप हकप्रद सेयर निष्कासनका लागि कम्पनी र मुक्तिनाथ क्यापिटलबीच सम्झौता भएको हो। 

सम्झौतापत्रमा अरुण भ्यालीको तर्फबाट कार्यकारी अध्यक्ष रमेशप्रसाद न्यौपाने र मक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । 

कम्पनीले निकट भविष्यमै ९९,८३,२३२ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हकप्रद शेयर निष्काशन गरेपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ९९ करोड ६६ लाख पुग्नेछ । 

अरुण भ्याली कम्पनीले पिलुवा खोलाको पानी उपयोग गरी ३ हजार किलोवाट क्षमताको पिलुवाखोला जलविद्युत आयोजना निर्माण गरी २०५६ सालदेखि नै व्यापारिक उत्पादन गरिरहेको छ । 

हकप्रद सेयरमार्फत संकलन हुने पूँजीलाई कम्पनीले काबेली बी १ जलविद्युत आयोजना र अपर काबेली २ जलविद्युत आयोजना गरी कुल २३।५ मेगावाट आयोजनाको निर्माण कार्यमा उपयोग गर्ने बताइएको छ । 

 


Share this with your friends: