समाज लघुवित्तको आईपीओ खरिद गर्न मरिहत्ते, मागभन्दा १४८.५६ गुणा बढी आवेदन

2020-08-24
समाज लघुवित्तको आईपीओ खरिद गर्न मरिहत्ते, मागभन्दा १४८.५६ गुणा बढी आवेदन

काठमाण्डौ । धेरैजसो लगानीकर्ताले व्यग्र प्रतिक्षा गरेको समाज लघुवित्त वित्तिय संस्था लिमिटेडको आईपीओमा आज अन्तिम दिन अचाक्ली आवेदन परेको छ। 

हिजो मागभन्दा १२७.१० गुणा बढी आवेदन परेको कम्पनीको आईपीमा आज अन्तिम दिन साँझ ५ बजे सम्म ५ लाख ६४ हजार १३८ आवेदनबाट १ करोड १९ लाख ८९ हजार ८० कित्ता आवेदन परेको छ। यो संख्या मागको तुलनामा १४८.५६ गुणा धेरै हो।

पहिलो दिन नै कम्पनीको आइपीओमा देशभरबाट ५१ हजार ८४६ वटा आवेदन परेको थियो । भने दोस्रो दिन देशभरबाट २ लाख ८८ हजार ७२९ आवेदन परेको थियो। 

संस्थाले प्रतिकित्ता रु। १०० अंकित दरका ८६ हजार कित्ता आईपीओ निष्कासन गरेको हो। संस्थाले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत सेयर कर्मचारीका लागि र कुल निष्कासनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। बाँकी ८० हजार ७०० कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो। 

कम्पनीले आफ्ना कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर सर्वसाधारणका लागि ८० हजार ७०० कित्ता आइपीओ निश्कासन गरेको हो।  


Share this with your friends: