समाज लघुवित्त मर्जरमा जाँदै, तत्काल कारोबारमा नआउने

2020-09-22
समाज लघुवित्त मर्जरमा जाँदै, तत्काल कारोबारमा नआउने

काठमाण्डौ । केहि समयअघि मात्रै आईपीओ जारी गरी धितोपत्र दोस्रो बजारमा कारोबारको पर्खाइमा रहेको समाज लघुवित्त र स्वस्तिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन्। 

यि दुवै लघुवित्तबीच हिजो सोमबार आपसमा गाभिने सहमति बनेको थियो। समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीको मलंगवामा रहेको छ भने स्वस्तिक लघुवित्तको केन्द्रीय कार्यालय सिरहाको लाहानमा रहेको छ। 

समाज लघुवित्तले १ महिना अघिमात्र आईपीओ निष्कासन गरेको थियो। समाज लघुवित्तको आईपीओ यसै साताभित्र नेप्सेमा सूचीकरण गर्ने तयारी भइरहेको छ। 

यसै साता समाज लघुवित्तको सेयर नेप्सेमा सूचीकरण भई धितोपत्र दोस्रो बजारमा सेयर कारोबार हुने भनिएको थियो। तर अब स्वस्तिक लघुवित्तसँगको मर्जर सम्झौताका कारण तत्काल यो संस्थाको सेयर दोस्रो बजारमा नआउने पक्का भएको छ। 

 


Share this with your friends: