काठमाण्डौ। सानिमा लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा अगम मुखिया नियुक्त भएका छन्। बीमा समितिबाट गत शुक्रबार अनुमति पाएपछि कम्पनीको हिजो बसेको सन्चालक समितिको बैठकले मुखियालाई चार वर्षका लागि कार्यकारी अधिकृतको पदमा नियुक्ती गर्ने निर्णय गरेको गरेको हो।
नवनियुक्त मुखियाले आज सानिमा लाइफको काठमाण्डौस्थिीत तीनधारा मार्गमा रहेको केन्द्धिय कार्यालयमा कार्यभार ग्रहण गरेका छन्। कार्यभार ग्रहण समारोहमा बोल्दै मुखियाले सानिमा लाइफलाई देशको उत्कृष्ठ जीवन बीमा कम्पनीको रुपमा उभ्याउने प्रतिबद्धता जाहेर गरेका छन्।
मुखिया नेपालको बीमा क्षेत्रमा लामो कार्यानुभव बोकेका व्यक्ति हुन्। उनले बीमा क्षेत्रमा नेपाल लाइफ इन्स्योरेन्सबाट पर्दापरण गरेका थिए।
नले त्रिभुवन विश्वविद्यालयबाट फिजिक्स, काठमाडौं विश्वविद्यालयबाट म्यानेजमेन्ट र पूर्वाञ्चल विश्वविद्यालयबाट कम्प्युटर एप्लिकेसन विषयमा स्नातकोत्तर उपाधी हासिल गरेका छन् ।
यसका साथै उनले संयुक्त राष्ट्र संघीय नियोग आईएलओमा समेत काम गरिसकेका छन् । मुिखया यसअघि रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको डेपुटी सिईओ पदमा कार्यरत थिए ।