सानिमा जनरल इन्स्योरेन्सको आईपीओ निष्कासन आजबाट

2020-10-07
सानिमा जनरल इन्स्योरेन्सको आईपीओ निष्कासन आजबाट

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आज बुधबार(असोज २१गते)बाट आईपीओ निष्कासन गरेको छ। 

कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता आइपीओ निश्कासन गरेको हो। 

कम्पनीको आइपीओ आजबाट निश्कासन भई छिटोमा असोज २५ गते निश्कासन बन्द हुनेछ । सो अवधिसम्म आइपीओ नबिके कात्तिक ६ गतेसम्मका लागि आवेदन दिने समय लम्ब्याइनेछ । 

कुल निश्कासन हुने कित्तामध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई सुरक्षित गरिएको छ । बाँकी रहको २७ लाख ३० हजार कित्ता भने सर्वसाधारणको लागि छुट्याइएको छ । 

सानिमा जनरल इन्स्योरेसको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिट लिमीटेड रहेको छ । 

यो कम्पनीको आइपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।

हाल यो कम्पनीको चुक्तापूँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओबाट ३० करोड जुटेपछि १ अर्ब रुपैयाँ हुनेछ। 

 


Share this with your friends: