सामलिंग पावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट नियुक्त

2020-10-05
सामलिंग पावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट नियुक्त

काठमाण्डौ । सामलिंग पावर कम्पनीले लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। 

कम्पनीले १२ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता रु। १०० अंकित दरका १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो।

आईपीआकोे निष्कासनका तथा बिक्री प्रबन्धकको रुपमा कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। यसका साथै नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई कम्पनीको सेयर रजिस्ट्रारमा नियुक्त गर्नेसमेत सम्झौता भएको छ। 

सामलिंग पावर कम्पनीको ललितपुर सानेपास्थित रजिस्टर्ड कार्यक्रममा उक कार्यक्रमबीच सम्झौतापत्रमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र सामलिंग पावर कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भानुभक्त पोखरेलले हस्ताक्षर गरेका छन्। 

उर्जा डेभलपर्स प्रा।लिको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनी लिमिटेडद्धारा इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना ९९।५१ मे।वा० २०२० डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

 


Share this with your friends: