सामान्य अंकले बढ्यो नेप्से,बीमातर्फ एशियन लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-05-26
सामान्य अंकले बढ्यो नेप्से,बीमातर्फ एशियन लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ८९.८८ अंकले बढ्दै १०८५८.३८ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ७.४३ अ.कले बढ्दै ९५५०.९१ बिन्दुमा पुग्यो। 
 
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज एशियन लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो। आज यो कम्पनीको सेयरमूल्य १.९५ प्रतिशतले बढ्यो। 
 
त्यस्तै आज सबैभन्दा धेरे गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य २.५१ प्रतिशतले घट्दै प्रतिकित्ता ५०५ रुपैयाँमा सीमित भयो। 
 
बजारमा अरु के–के भयो ?
 
आज नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि भयो। आज नेप्से परिसूचक ८.०३ अंकले बढ्दै २२३९.६० बिन्दुमा पुग्यो। यो दिन बजारमा २२२ कम्पनीका २३ लाख २४ हजार ६६५ कित्ता सेयर ८८ करोड ९८ लाख ३४ हजार ९०९ रुपैयाँमा किनबेच भयो। 
 
आज बजारमा ८ वटा उपसूचकमा हरियाली छायो भने अन्य सबै उपसूचकमा रातो पोतियो। आज बैंकिङ उपसूचक १५.०२,व्यापार ७.४९,उत्पादन तथा प्रशोधन २७.५५,लघुवित्त ४.२९,म्युचुअल फन्ड ०.१३ र लगानी उपसूचक ०.१३ अंकले बढ्यो। 
 
आज ५ वटा उपसूचकमा गिरावट आयो। आज होटल उपसूचक २०.९४,विकास बैंक ७.३९,हाइड्रो ४.३ वित्त ३.६२ र अन्य १४.५९ अंकले घट्यो। 
आज मेगा बैंकको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.२० र ग्रिनलाइफ हाइड्रोका सेयरमूल्य ४.०३ प्रतिशतले बढ्यो। 
 
त्यस्तै आज गुराँस लघुवित्तको सेयरमूल्य सर्वाधिक घट्यो। आज गुराँस लघुवित्तको सेयरमूल्य ५.४७ प्रतिशतले ओरालो लाग्यो। 
 
यो दिन मेगा बैंकको सर्वाधिक सेयर कारोबार भयो। मेगा बैंकको आज ५ करोड ४२ लाख बढीको सेयर कारोबार भयो।   

Share this with your friends: