सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांस घोषणा, कति पाउँदैछन् इकाइधनीहरुले ?

2020-09-15
सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांस घोषणा, कति पाउँदैछन् इकाइधनीहरुले ?

काठमाण्डौ । सीबीआईएल क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्युचुल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ को प्रतिफल घोषणा गरिएको छ । 
 
सीबीआईएल क्यापिटलको हिजो बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि यि दुई म्युचुअल फण्डको प्रतिफल घोषणा गरेको हो । 
 
बैठकले सिटिजन्स म्युचुअल फन्ड १ का इकाइधनीहरुलाई १५ प्रतिशत (करसहित) का दरले हुन आउने १२ करोड ३० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। 
 
यसैगरी सिटिजन्स म्युचुअल फन्ड २ का इकाइधनीहरुलाई भने १० प्रतिशत (करसहित) का दरले हुन आउने ५ करोड ६० लाख रुपैयाँबराबरको नगद लाभांश वितरणको निर्णय बैठकले गरेको छ। 
 
बैठकले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित यी दुवै मुचुअल फन्डको प्रतिफल वितरण प्रयोजनार्थ बुक क्लोज गर्ने मिति भने पछि प्रकाशित गर्ने निर्णय गरेको छ। 

Share this with your friends: