सीआईटीको संस्थापक सेयर लिलामीमा राख्दै प्रिमियर इन्स्योरेन्स, न्युनतम प्रति कित्ता मूल्य कति ?

2020-09-11
सीआईटीको संस्थापक सेयर लिलामीमा राख्दै प्रिमियर इन्स्योरेन्स, न्युनतम प्रति कित्ता मूल्य कति ?

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले नागरिक लगानी कोषको संस्थापक सेयर बिक्रि गर्ने भएको छ। कम्पनीले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष(सीआईटी) को संस्थापक सेयर यहि भदौ २८ गतेदेखि लिलामी मार्फत बिक्रि गर्ने भएको हो। 
 
कम्पनीले आफ्नो स्वामित्वमा रहेको सीआईटीको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा राख्न लागेको हो। लिलामीमा राखिएको सेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले आउँदो असोज ४ गते (बैंकिङ समय) सम्म बोलपत्र पेस गर्नुपर्नेछ।
 
कम्पनीले लिलामीमा राखेको सेयरको न्युनतम प्रतिकित्ता मूल्य २ हजार ३ सय रुपैयाँ तोकेको छ। 
 
आवेदकले न्यूनतम सोही मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। 
 
बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने गरी अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। 
बोलपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको नक्सालस्थित सेन्ट्रल प्लाजामा रहेको कार्यालय वा प्रिमियर इन्स्योरेन्सको नक्सालस्थित नारायणचौरमा रहेको कार्यालयमा बुझाउन सकिनेछ। 

Share this with your friends: