हिमालयन जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

2022-02-20
हिमालयन जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले २८ औँ वार्षिक साधारण सभा डाकेको हो ।

बैठकले आगामी फागुन ३० गते सोमबारका दिन थापागाँउ काठमाण्र्डाैमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल ७ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै अन्य कुनै कम्पनीलाई प्राप्ति गर्ने तथा एक आपसमा गाभिने प्रयोजनका लागि सम्पूर्ण कार्य गर्न सञ्चाल समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । 

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी फागुन १६गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन् । 


Share this with your friends: