हिमालयन जनरल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2022-02-27
हिमालयन जनरल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ७ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(फागुन १५ गते)अन्तिम दिन रहेको हो । 

लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले फागुन १६ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्। 

कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांस गरी कुल ७ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी  फागुन ३० गते आयोजना हुन गईरहेको २८ औँ वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ।


Share this with your friends: