हिमालयन हाइड्रोपावरको आईपीओ आवेदन दिने समयावधि पुनःथप

2022-05-30
हिमालयन हाइड्रोपावरको आईपीओ आवेदन दिने समयावधि पुनःथप

काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीले गत वैशाख २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा माग अनुसार आवेदन नपरेका कारण आवेदन दिने समयावधि थप गरिएको हो । यसअघि पनि कम्पनीले जेठ १६ गतेसम्मका समयावधि थप गरेको थियो । अब लगानीकर्ताहरुले कम्पनीको आईपीओमा जेठ २३ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा न.१९साविक पार्चे गाविसका सम्पूर्ण वडाहरु०मादी गाउँपालिका वडा न।२९साविकको नामार्जुन गाविसका सम्पूर्ण वडाहरु०मादी गाउँपालिका वडा न. ३ र ४९साविकको थुमाकोडाँडा गाविसकका सम्पूर्ण वडाहरु र मादी गाउँपालिका वडा न. ६ र ७९साविकको सिल्दुजुरे गाविसका सम्पूर्ण वडाहरु०का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेको हो । 

कम्पनीले प्रति सेयर रु.१०० अंकित दरका ९ लाख कित्ता आईपीओ निष्कासन गरेको छ । जुन कम्पनीको विद्यमान जारीपूँजी रु.१ अर्ब ९ करोड ५० लाखको ८.२२ प्रतिशत हुन आउँछ ।   

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


Share this with your friends: