१५.५२ अंकले घट्यो नेप्से,बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

2022-06-13
१५.५२ अंकले घट्यो नेप्से,बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १४०.८४ अंकले घट्दै ९६३८.४७ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १०२.१९ अंकले घट्दै ८४०८.८४ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो। आज यो कम्पनीको सेयरमूल्य १.९२ प्रतिशतले बढ्यो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज नेपाल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ३.४९ प्रतिशतले घट्दै प्रतिकित्ता ४७० रुपैयाँमा सीमित भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक १५.८२ अंकले घट्दै २०३२.३४ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २३० कम्पनीका २९ लाख २० हजार ७०५ कित्ता सेयर ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा गिरावट आयो। बैंकिङ उपसूचक ११.२ अंकले घटेको आज व्यापार १५.७८,होटल ३५.९५,विकास बैंक १६.७३,हाइड्रो ५.२२,वित्त १७.२८,उत्पादन तथा प्रशोधन ५१.५,अन्य १.५५,लघुवित्त २८.०२,म्युचुअल फन्ड ०.०९ र लगानी उपसूचक ०.९२ अंकले घट्यो। 

आज बलेफि हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक अर्थात ९.९९ प्रतिशतले बढ्यो। यस्तै ग्रिन भेन्चर कम्पनीको सेयरमूल्य ९.९८,युनिलिभर नेपाल ४.१० र आधिखोला जलविद्युत कम्पनीको सेयरमूल्य ४.०२ प्रतिशतले बढ्यो। 

त्यस्तै आज मानुषि लघुवित्तको सेयरमूल्य सर्वाधिक घट्यो। आज यो कम्पनीको सेयरमूल्य ५.४० प्रतिशतले घट्यो। 

यो दिन सानिमा बैंकको सर्वाधिक सेयर कारोबार भयो। आज सानिमा बैंकको ९ करोड १ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: