बिन्ध्यबासिनी हाइड्रोपावरले डाक्यो वार्षिक साधारण सभा, आईपीओ निष्कासन मुख्य अजेन्डा

2021-11-26
बिन्ध्यबासिनी हाइड्रोपावरले डाक्यो वार्षिक साधारण सभा, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ५ औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी पुस २ गते शुक्रबारका दिन नयाँ बानेश्वर काठमाण्डौमा रहेको कम्पनीको कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आईपीआो निष्कासन गर्ने सम्बन्धमा आवश्यक निर्णय लिने विशेष प्रस्ताव पारित गरिनेछ । 

यस्तै आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षणको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरिनेछ ।  


Share this with your friends: