इन्भेष्टमेन्ट बैंक ऋणपत्र निष्कासन गर्दै, ब्याजदर कति पाइन्छ ?

2020-09-23
इन्भेष्टमेन्ट बैंक ऋणपत्र निष्कासन गर्दै, ब्याजदर कति पाइन्छ ?

काठमाण्डौ। नेपाल इन्भेष्टमेन्ट बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ४ अर्ब रुपैयाँ बराबरको ७ वर्षे ऋणपत्र निष्कासन गर्न लागेको हो। 
यसका लागि बैंकले धितोपत्र बोर्डमा आवेदन दिएको हो। 

बैंकले प्रति इकाई १ हजार दरका ४० लाख युनिट ऋणपत्र निष्कासन गर्न लागेको हो। 

कुल निश्कासन हुने युनिटमध्ये १६ लाख युनिट पब्लिक इस्यूको रुपमा र २४ लाख युनिट प्राइभेट प्लेसमेन्टको रुपमा आउनेछ । ८.५५ सेभेन इयर्स, नेपाल इन्भेष्टमेन्ट बैंक बोण्ड २०८४ु नाम रहेको ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा आरबीबी मर्चेन्ट बैंकिङ लिमीटेड रहनेछ । 

ऋणपत्रमा लगानी गर्नेले वार्षिक ८।५ प्रतिशत ब्याज पाउनेछन् भने ब्याजको भुक्तानी प्रत्येक ६ महिनामा हुनेछ । 

 


Share this with your friends: