माछापुच्छ्रे बैंक र नेपाल ल्यूब आयलको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2020-10-07
माछापुच्छ्रे बैंक र नेपाल ल्यूब आयलको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड र नेपाल ल्यूब आयल लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यि दुवै कम्पनीले गत आर्थिक वर्ष २०७६र७७ का लागि लाभांस प्रस्ताव गरेका थिए। 

लाभांश वितरण र साधारणसभा प्रयोजनार्थ माछापुच्छ्रे बैंक र नेपाल ल्युब आयल भोलि बिहीबार (असोज २२ गते) बुक क्लोज गर्ने निर्णय गरेका छन्। त्यसैले आज ९असोज २१ गते० सम्म कायम सेयरधनीहरुमात्रै यी दुवै कम्पनीको लाभांश प्राप्ति र साधारणसभामा भाग लिन योग्य हुनेछन्। 

माछापुच्छ्रे बैंकले चुक्तापुँजी ७.०३ प्रतिशतबराबरको बोनस सेयर र ३.७३ प्रतिशत नगद लाभांश (लाभांश करसहित) प्रस्ताव गरेको छ। जुन आउँदो कात्तिक ६ गते पोखराको पार्दीस्थित होटेल पोखरा ग्रान्डमा हुने बैंकको २२ औँ वार्षिक साधारणसभाले पारित गर्नेछ। 

यसैगरी नेपाल ल्युब आयले १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीको आउँदो कात्तिक ५ गते कम्पनीको ललितपुरको झम्सीखेलस्थित कार्यालयमा हुने २९ औँ वार्षिक साधारणसभाले पारित गर्नेछ। 


Share this with your friends: