माछापुच्छ्रे बैंकको सेयरमूल्य समायोजन

2020-10-08
माछापुच्छ्रे बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । माछापुच्छ्रे बैंकको सेयरमूल्य समायोजन भएको छ। बैंकको गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित बोनस सेयरका लागि नेपाल स्कट एक्सेन्ज(नेप्से)ले आज(बिहीबार) बैंकको सेयरमूल्य समायोजन गरेको हो। 

गत आर्थिक वर्षका लागि प्रस्तावित ७.०३ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएपछि बैंकको प्रतिकित्ता सेयर २३१.७१ रुपैयाँ कायम भएको छ। 
अघिल्लो कारोबार बन्द हुँदा यो बैंकको प्रतिकित्ता २४८ रुपैयाँ रहेको छ। 

माछापुच्छ्रे बैंकले चुक्तापुँजी ७।०३ प्रतिशतबराबरको बोनस सेयर र ३।७३ प्रतिशत नगद लाभांश (लाभांश करसहित) प्रस्ताव गरेको छ। जुन आउँदो कात्तिक ६ गते पोखराको पार्दीस्थित होटेल पोखरा ग्रान्डमा हुने बैंकको २२ औँ वार्षिक साधारणसभाले पारित गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभाका लागि बैंकले आज (असोज २२ गते) बुक क्लोज गरेको छ। 

 


Share this with your friends: