बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

2022-05-10
बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(वैशाख २७ गते)अन्तिम दिन रहेको छ ।  कम्पनीले गत वैशाख ११ गतेदेखि आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा न ५,६ र ७(साविक पसगाँउ तथा भोजे गाविस)तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा न ८ र ९(साविकको मिजुरे डाँडा गाविस)का स्थानिय वासिन्दाका लागि ७ लाख कित्ता र लमजुङ जिल्लाको आयोजनाको मूख्य संरचनासँग जोडिएका क्व्होलासोथार गाउापालिका तथा कास्की जिल्लाको मोदी गाउँपालिकाका बाँकी सबै वडाहरुका स्थानिय बासिन्दाहरुका लागि ३ लाख कित्ता गरी कुल १० लाख कित्ता आईपीओ निष्कासन गरेको छ ।  

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।  


Share this with your friends: