सेबोनद्वारा श्वेत–गंगा हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति

2022-05-25
सेबोनद्वारा श्वेत–गंगा हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट आज(जेठ ११ गते)रु.१०० अंकित दरका ३९ लाख ८२ हजार ५ सय कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो । 

अब कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र आम सर्वसाधारणका लागि गरी दुई चरणमा आईपीओ जारी गर्नेछ । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।  


Share this with your friends: