बिन्ध्यबासिनी हाइड्रोपावरले जेठ २० गतेदेखि आईपीओ निष्कासन गर्ने

2022-05-27
बिन्ध्यबासिनी हाइड्रोपावरले जेठ २० गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड आगामी जेठ २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि १५ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका १५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । 

निष्कासन गरिने कुल सेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ७५ हजार कित्ता म्युचुअल फन्डका लागि र बाँकी रहेको १३ लाख ६५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो ।  

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन बन्द छिटोमा जेठ २५ गते र ढिलोमा असार ३ गते बैंकिङ समयपछि हुनेछ । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई केयर रेटिङ नेपालले केयर–एनपी बीबी प्लस रेटिङ प्रदान गरेको छ । यो कम्पनी सन् २००० डिसेम्बर १८ मा प्राइभेट लिमिटेडका रुपमा स्थापना भएको कम्पनी हो । कम्पनीलाई सन् २०१७ मार्च १३ मा पब्लिक लिमिटेडमा रुपान्तरण गरिएको थियो । अहिले कम्पनीले ८.८ मेगावाटको रुडी खोला ए हाइड्रोपावर प्रोजेक्ट र ६.६ मेगावाटको रुडीखोला बी हाइड्रोपावर प्रोजेक्ट गरी दुईवटा विद्युत परियोजनाहरु सञ्चालन गरिरहेको छ ।    


Share this with your friends: