एशियन लाइफ इन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठसहित ७ जना सञ्चालक नियुक्त

2021-08-17
एशियन लाइफ इन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठसहित ७ जना सञ्चालक नियुक्त

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा दिपक कुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको सञ्चालक समितिको अध्यक्षमा नियुक्ती गरेको हो । 

यस्तै सोहि दिन सम्पन्न कम्पनीको १२ औँ वार्षिक साधारण सभाबाट ७ जना सञ्चालक निर्वाचित भएका छन् । 

सभाबाट आगामी ४ वर्षका लागि संस्थापक सेयरधनीका तर्फबाट ४ जना,साधारण सेयरधनीका तर्फबाट २ जना र १ जना विज्ञ सञ्चालक नियुक्त भएका छन् । संस्थापक सेयरधनीका तर्फबाट नियुक्त हुनेमा दिपक कुमार श्रेष्ठ, सुरेन्द्र कुमार गोयल, सुसान्त चाचान र निष्ठा प्रधाङगा राज भण्डारी रहेका छन् । यस्तै साधारण सेयरधनीका तर्फबाट नियुक्त हुनेमा शौरभ रुङगटा र सजल मास्के तथा विज्ञ सञ्चालकमा नियुक्त हुनेमा अच्युत राज सापकोटा रहेका छन् ।   


Share this with your friends: