एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

2021-07-19
एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको जुम्ला शाखाले मृत्यु दावी भुक्तानी बापत ३ लाख ५ सय ६ रुपैयाँ हस्तान्तरण गरेको हो । 

कम्पनीले मृतक बीमित लक्ष्मी अधिकारीको जुम्ला जिल्लाको सिँजा गाउँपालीका वडा नं २ चुलेलगाउँमा रहेको घरमै पुगेर मृत्यु दावी भुक्तानी गरेको हो । 

मृतक अधिकारीले गत कार्तिक २० गते जुम्ला शाखा अन्तर्गत सिँजा उपशाखा कार्यालयबाट ३ लाख रुपैयाँ बीमाङकको दम्पती सूरक्षा प्लस बीमा योजना खरीद गरेकि थिइन् । 

स्वर्गिय लक्ष्मी अधिकारीले प्रथम बीमा शुल्क बापत २२ हजार ९८५ रुपैया बुझाएकी  थिइन् ।

कार्यक्रममा जुम्ला शाखाका शाखा प्रबन्धक बीर बहादुर भण्डारी सोही वडाको जनप्रतिनिधि पूर्ण चन्द्र आचार्य,कम्पनीका सिनियर एजेन्सि मेनेजर मन बहादुर बुढा,दान बहादुर महरी,बिरेन्द्र बहादुर शाही,राम प्रसाद आचार्य,सिँजा उपशाखा प्रमुख बिस्न बहादुर बुढा लगायत चुलेलगाउँ निवासी समुदायको उपस्थितिमा उक्त चेक हस्तान्तरण गरेको हो ।


Share this with your friends: