एशियन लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

2021-07-25
एशियन लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैंठकले १२ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो । 

बैठकले आगामी साउन ३१ गते आइतबारका दिन सिमरा बाराामा रहेको होटल क्लासिकममा बिहान ११ः३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । 
उक्त सभामा कम्पनीको पूँजी संरचनामा रहेको संस्थापक र सर्वसाधारण सेयर समूहको विद्यमान ७०ः३० को सेयर अनुपातलाई ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारण सेयरमा परिणत गर्ने प्रबन्धपत्रको दफा ६(२)लाई संसोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा कम्पनी ऐनले निर्धारण गरेकोभन्दा बढी भएको खर्चलाई अनुमोदन गरिनेछ । 

सभामा बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय तथा सम्बन्धित निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोहि अनुरुप कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसैगरी सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरिक्षकको प्रतिवेदनसहित आ.व २०७५/७६ असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ । 

यस्तै संस्थापक सेयरधनी(समूह कं)का तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण सेयरधनी(समूह ख)का तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने तथा १ जना स्वतन्त्र विज्ञ सञ्चालक मनोनित गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी साउन १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 


Share this with your friends: