एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

2021-08-03
एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । कोरोना संक्रमणको कारण ज्यान गुमाएका अभिकर्ता केशव बहादुर शाहीको परिवारलाई एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबी वापतको ३२ लाख ८३‌ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ४ स्थित स्वर्गिय शाहीको निवासमा सोमबार उनकी श्रीमति झलक कुमारी शाहीलाई एशियन लाईफ इन्स्योरेन्सको कर्णाली प्रदेश प्रमुख विजय पराजुलीले दाबीवापतको चेक हस्तान्तरण गरेका हुन्। स्वर्गीय शाहीले म्यादी जीवन बीमा, बाल भविष्य, म्यादी, वार्षिक धनलाभ, नवरत्नसहित नौवटा जीवन बीमा गरेका थिए। 

एशियन लाईफ इन्स्योरेन्सको सिनियर एजेन्सी म्यानेजर समेत रहेका शाहीको २०७८ बैशाख २२ गते कोरोना संक्रमणको उपचारका क्रममा निधन भएको थियो। उनको परिवारमा श्रीमति, दुई छोरी र एक छोरा छन्।


Share this with your friends: