एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

2021-08-10
एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबी भुक्तानी गरेको छ । कम्पनीको टीकापुर शाखा कार्यालयले बीमित दान बहादुर शाहको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले दाबी भुक्तानीवापतको ५ लाख रुपैयाँ बढी रकम हस्तान्तरण गरेको छ।

बीमित शाहको श्रीमति लक्ष्मी शाहलाई टीकापुर शाखा प्रबन्धक गणेश बहादुर साउदले बीमितको घरदैलोमै पुगेर ५ लाख ७ हजार १ सय ५१ रुपैयाँको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ।


Share this with your friends: